भन्सार छलेर भित्राइएको करिब १९ लाखको लत्ताकपडा बरामद
Published: (Updated: )
by .विर्तामोड । मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–७ बाट अवैध रुपमा भन्सार छलेर भित्राइएको १५ लाख १ हजार ७ सय मुल्य बरावरको कपडा बरामद गरेको छ । सो मूल्यको सामान तस्करले प्लास्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा भित्राइ लुकाई छिपाई राखेको अवस्था प्रहरीले बरामद गरेको हो ।
सो सामानलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले विराटनगर–१६ बाट ४ लाख ९ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Comments