हल्दिबारीमा साङ्लोले बाँधिएका युवकको बीएण्डसी अस्पतालद्वारा उद्धार
Published:
by .विर्तामोड । झापाको हल्दिबारीमा विगत दुई महिनादेखि साङ्लोले बाँधिएर राखिएका एक युवकको बीएण्डसी अस्पताल बिर्तामोडले उद्धार गरेको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरको बरन्डामा बाँधेर राखिएका हल्दिबारी गाउँपालिका–५ निवासी चन्द्रप्रसाद ढकालको २३ वर्षीय छोरा गङ्गाप्रसादको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँसहित चिकित्सकको टोलीले सोमबार दिउँसो उद्धार गरेका हुन् । मानसिक सन्तुलन बिग्रिएका युवक गङ्गाप्रसादलाई अस्पतालमै राखेर उपचार गराउनुका साथै सम्पूर्ण उपचार खर्च बीएण्डसी अस्पतालले व्यहोर्ने कार्यकारी निर्देशक प्रसाईँले बताए ।
Comments