Sajhamanch Archive

नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका लागि गरिएका निर्वाचनबाट पर्शुराम ढुंगाना र तुलाराम बोखिम सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका लागि चुनावी प्रकृयाबाट उम्मेद्वार छनोट गरेको छ ।

आज शिवसताक्षीको दूधेमा भएको उम्मेद्वार छनौटका लागि गरिएको चुनावमा पर्शुराम ढुंगानाले ५१ मत प्राप्त गरी पहिलो नम्बरमा परेका छन् भने समाचार स्रोतका अनुसार तुलाराम बोखिम ३२ मत प्राप्त गरी दोस्रो नम्बरमा परेका छन् ।

नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी धेरै भएपछि नगर समितिले चुनावी प्रकृयाबाट उम्मेद्वार छनौट गरेको हो । निर्वाचनबाट छनौट भएका पहिलो र दोस्रो मत प्राप्त गर्ने आकांक्षीको नाम जिल्लामा पठाइने बताइएको छ ।

त्यस्तै भक्ति सिटौलाले २१ मत, रतन थिङ्लाबो (रतन) ८ र सन्तोष मेन्याङ्बोले ८ मत प्राप्त गरेको बताइएको छ ।

मेयरका लागि तुलाराम बोखिम, पर्शुराम ढुंगाना, भक्ति सिटौला, रतन थिङ्लाबो (रतन) र सन्तोष कुमार मेन्योङ्बो बीच सहमति नभएछि चुनाव गराइएको नेपाली कांग्रेस शिवसतक्षी नगर समितिले जनाएको छ ।

नगर समितिका ७९ जना मतदाता मध्ये ७७ जनाको मत खसेको निर्वाचन संयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *