Sajhamanch Archive

कमल गाउँपालिकाद्वारा कृषकलाई धान रोप्ने मेसिन प्रदान

Published: in विविधा, समाज, स्थानीय तह by .

झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच कृषकलाई धान रोप्ने मेशीन प्रदान गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत प्रदेश सरकार बाट २५ प्रतिशत लागत साझेदारीमा लखनपुर स्थित साना किसान कृषी सहकारी सस्था मार्फत कृषकलाई धानरोप्ने मेसिन प्रदान गरेको हो ।

अधिकांश कमल गाउँपालिका बासी कृषिमा निर्भर भएकाले पालिकाले दिएको मेसिन धान रोप्न सहज हुने भएको छ ।
गाउँपालिकाले कृषीलाई प्रविधी मैत्री बनाउदै कृषिलाई व्यवसायीकरण बनाउने उद्देश्यले हरेक वर्ष कृषिमा प्रविधी भित्र्याउदै आएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

वर्षा सबैको धान बाली लागाउने दिन सँगै हुनेभएकाले धान रोप्ने खेताला अभावलाई यस मेसिनले परिपुर्ति गर्ने साना किसान सहकारी संस्थाका अध्यक्ष तिलरुपा बाँस्तोलाले बताइन् । श्रमिक लगाएर धान रोप्दा समय खर्च हुने श्रमिकको अभावलाई सहज गरेको उनको भनाई थियो ।

गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सहकारी सस्थाकी अध्यक्ष तिलरुपा बाँस्तोलालाई मेशीनको साँचो र मेसिन सन्चालनको लागी गाउँपालिकाले तयार पारेको कार्यविधी हस्तान्तरण गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *