Sajhamanch Archive

स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटै पालिकामा कार्यालय स्थापना

Published: in विविधा, समाज by .

भद्रपुर । स्थानीय तह निर्वाचनका लागि झापामा रहेका १५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

झापा सदरमुकाम चन्द्रगढीस्थित शिक्षा समन्वय इकाईको कार्यलयलाई झापा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यलय बनाउँदै झापाका १५ वटै स्थानीय तहमा एकै पटक निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो ।

झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायधिश गिरीराज गौतमले मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको बोर्ड वाचन गरेर आफ्नो कार्यलयको उद्घाटन गरेका थिए ।

गौतमले झापाका १५ वटै स्थानीय तहमा निर्वाचन सामग्री पुगि सकेको जानकारी दिँदै बैशाख ११ गतेबाट उम्मेद्वार मनोनयन, दावी विरोध, उजुरी लगायतका निर्वाचनका सवै सबै प्रकृयाहरु पूरा गरेर १७ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जानकारी गराए ।

मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गरिने समेत स्पष्ट पारेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन इमान्दार भएर लाग्ने जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्वाचन कार्यलय झापाका कार्यालय प्रमुख तुलसीकुमार नेपालले गरेका थिए भने औचित्यमाथि सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले प्रकाश पारेका थिए । कार्यक्रममा ४ वटै सुरक्षा निकायका, सकृय रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सञ्चारकर्मी, विभिन्न सरकारी कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *