Sajhamanch Archive

सिंहदरबारमा राखेपको बोर्ड बैठक

Published: in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागिताको विषय गरी मुख्य २ प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ । राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि बोर्ड बैठक बस्न सकेको थिएन ।

खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुईपटक बस्नुपर्ने व्यवस्था छ । राखेपको बोर्ड बैठकलाई खेलकुद सम्बन्धि नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरि पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *