Sajhamanch Archive

राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता

Published: in खेलकुद, मिडियाबाट साभार by .

बिर्तामोड । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद -राखेप_ बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको खेल संख्या र चीनको होङझोउमा हुने १९औँ संस्करणको एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ । एसियाडमा भने दुई वर्षअघि नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेल तथा पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा उच्च प्रदर्शन गरिरहेका तथा सम्भावना भएका खेलहरु समावेश गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सरकारले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ । राखेपको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका पारित समेत गरेको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सञ्चालन हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *