Sajhamanch Archive

नेकपा एमाले शिवसताक्षीमा ३ हजार १ सदस्य निर्वाचन कमिटी गठन

Published: in राजनीति, विविधा by .

शिवसताक्षी । नेकपमा एमाले शिवसतक्षीले स्थानीयतह निर्वाचनमा लागि निर्वाचन संयोजन समिति गठन गरेको छ ।

झापाको शिवसताक्षीमा नेकपा एमालेले निर्वाचन संयोजन समिति गठन गरेको छ । नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य राजिव घिमिरेको संयोजकत्वमा ३ हजार १ सदस्यीय निर्वाचन संयोजन समिति गठन भएको हो ।

शिवसताक्षी नगरपालिकाको दुधे स्थित पार्टीको निर्वाचन सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमबाट प्रदेश कमिटी सदस्य भोजकुमारी नेपाल सहसंयोजक, पार्टीका जिल्ला सदस्य डिल्लीरमण खतिवडा सचिव, पार्टीका शिवसताक्षी नगर कमिटीका सचिव कमल नेपाल उपसचिव सहितको निर्वाचन संयोजन समिति गठन भएको नेकपा एमाले शिवसताक्षीले जनाएको छ ।

शिवसताक्षीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेको पार्टीका भातृ तथा जनबर्गीय संगठन, पार्टीको प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य समेत रहने गरी सचिवालय गठन भएको छ । यो समितिमा नेकपा एमालेको नगर कमिटी, वडा कमिटी र जनबर्गिय संगठनका स्थानीय कमिटीका सदस्य रहने छन् ।

नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँवा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व सांसद तारासम याङया, प्रदेश कमिटी सदस्य राधाकृष्ण खनाल, राजिव घिमिरे, विद्यार्थी नेता डम्बर अधिकारी लगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *