Sajhamanch Archive

शिवसताक्षीमा सञ्चालित स्काउट तालिमको समापन

Published: in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । शिवसक्षीमा सञ्चालित सात दिवशीय स्काउट तालिमको आज समापन गरिएको छ । शिवताक्षीको सतासी प्रा.वि.मा सञ्चालन हुँदै आएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।

शिवसताक्षीको आयोजनामा शिवसताक्षीका सामुदायिक तथा निजी विद्यालयहरुबाट एक एक जना शिक्षकलाई उक्त स्काउट तालिम दिइएको थियो । शिवसताक्षी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्काउट तालिम दिइने उद्देश्यले नगरका सामुदायिक तथा संस्थागत विद्यालयका एक एक जना शिक्षकहरुलाई आवास सहितको तालिममा सहभागी गराएको तालिम संयोजक डिम पराजुलले जानकारी दिए । उनले तालिम लिएका शिक्षहरुले आ–आफ्ना विद्यालयहरुमा स्काउट सम्बन्धि गतिविधी गर्ने बताए ।

नगरभित्र विभिन्न विद्यायलमा अध्ययनरत विद्यार्थीहरुका लागि बेसिक स्काउट तालिम दिई विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर अनुशासन , विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक स्तरको बृद्धि गराउने उद्देश्यले उद्देश्यले तालिमको आयोजना गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका भित्रका विद्यालयहरुमा अनिवार्य स्काउट सम्बन्धि गतिविधी गराउन शिवसताक्षी नगरपालिका शिक्षा शाखा लाग्ने शिक्षा प्रमुख छवि ढकालले बताए । हाल स्काउट शिक्षक तयार गर्न पहिलो चरणको कार्यक्रम अन्तर्गत ३२ जना शिक्षकरुलाई स्काउट तालिम दिइएको बताए ।

स्काउट तालिमको उद्घाटन शिवसतक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपालले उद्घाटन गरेका थिए भने आज उक्त कार्यक्रमको शिवसताक्षीको सतासी प्रा.वि.मा समापन गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *