Sajhamanch Archive

स्थानीय तह निर्वाचनको मुखमा सञ्जेलले छोडे माओवादी पार्टी

Published: in विविधा by .

भद्रपुर । नेकपा माओवादी केन्द्र झापा जिल्ला सदस्य तथा भद्रपुरका युवा नेता नरेश सञ्जेलले पार्टी सदस्य समेत परित्याग गरेका गरेका छन् ।

उम्मेदवार छनौटमा असहमती जायर गर्दै पटक पटक पार्टीको माथिल्लो तहमा जानकारी दिँदा समेत बेवास्तामा परेको ठहर गरेर २४ वर्षे माओवादी राजनीति परित्याग गरेको सञ्जेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

उनले क्षेत्रीय समितिको नेतृत्व विभेदकारी र अविवेकी हुँदा नेकपा माओवादी केन्द्र पतनउन्मुख भएको भन्दै झापा क्षेत्रनम्वर ३ भरीका अधिकाम्स कार्यकर्ताले पार्टी परित्याग गर्ने लहर चलिरहेको जानकारी दिए ।

भद्रपुरका १७ जना नेता कार्यकता सहित सदस्यता परित्याग गरेका सञ्जेलले केही दिन भित्र भद्रपुरबाट मात्र पाँचसय बढी कार्यकर्ताले पार्टी परित्याग गर्ने दावी समेत गरेका छन् ।

झापा भद्रपुर १० का स्थायी बासिन्दा सञ्जेल स्थानीय तह, क्षेत्रीय समिति, जिल्ला समिति हुँदै केन्द्रीय महाधिवेश आयोजक समितिसम्मका विभिन्न पदमा पार्टी जिम्मेवारी बहन गरिसकेका व्यक्ति हुन् । स्थानीय तह निर्वाचनमा भद्रपुरको नेतृत्वको दौडमा रहेका सञ्जेललाई रोक्न डिल्ली घिमिरे लगायतका नेता लागेको आरोप लगाएर भद्रपुरका केही नेता कार्यकर्ताले पार्टी परित्याग गरी सञ्जेलसितै स्वतन्त्र वाम बन्ने घोषणा समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *