Sajhamanch Archive

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । नेपाल लेखापढी कानुन व्यावसायी एसोसिएसन इकाई समिति भद्रपुर झापाको १२ औ साधारण सभा तथा २७ औ स्थापना दिवस जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

इकाई समिति भद्रपुरका अध्यक्ष महेश न्यौपानेको सभापतित्व तथा झापा जिल्ला अदालतका न्यायाधिश शान्तिप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा मालपोत कार्यलयका अधिकृत पदम कट्टेल, दमक इकाइ समितिका अध्यक्ष केदारवहादुर श्रेष्ठ ,नेपाल लेखापढी कानुन व्यवसायीका केन्द्रीय सचिव युवराज कार्की (पर्वत) ,केन्द्रिय उपाध्यक्ष पुरुषोत्तम अधिकारी लगायतले कार्यक्रममा शुभकामना राखेका थिए ।

साधारण सभाको अवसरमा समितिले विगत लामो समयदेखि लेखापढी व्यावसायमा आवद्घ रहने ज्येष्ठ सदस्यहरु नरेन्द्र राई गंगाराम चौहानलाई सम्मान गरेको थियो । त्यसैगरी २०७२ सालको एस ई ई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने व्यवसायीहरुका सन्ततीहरुलाई सम्मान गरेको थियो ।

यसरी सम्मानित हुनेहरुमा नानु आचार्य, दिक्षा वराल, आलोक भण्डारी, मनिस कटुवाल, अस्मिता खनाल, रोजी भण्डारी, वन्दना चापागाई, रितेश भट्राई, स्वश्तिका दुलाल, श्रदा दाहाल, अनिसा खवास सुसान्त न्यौपाने, प्रनिता पोख्रेल र एन्जिला खतिवडा रहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *