नेपाली कांग्रेसका वडासभापतिले समाजवादीको वडाध्यक्ष पदमा दिए उम्मेद्वारी
Published:
by .शिवसताक्षी। शिवसताक्षीमा नेपाली कांग्रेस वडा सभापतिले एकीकृत समाजवादीको तर्फबाट मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेस वडा नं. ६ का वडा सभापति सन्तकुमार इजमले समाजवादीकोतर्फबाट वडाध्यक्ष पदमा उमेद्वारी दिएका हुन् ।
उनले नेपाली कांग्रेसमा तिब्र असन्तुष्टी जनाउँदै समाजवादीमा प्रवेस गरी वडाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताइएको छ ।
कांग्रेसका सभापति इजमले पाटी परित्याग गरेको केहि समयमा नै अध्यक्षको टिकट पाएका हुन् ।
उनलाई नेकपा एकीकृत समाजबादीका बागमती प्रदेश कमिटी सदस्य कमल साप्कोटा , शिवसताक्षी नगर अध्यक्ष नबिन इजमले पाटीमा स्वागत गरेका थिए ।
बिद्यार्थी जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिमा सकृय रहेका इजम वडाको निर्बाचित उपसभापति हुन । लामो समय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग, तपस्या, बलिदान, संघर्ष गर्दै आएपनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए ।
नेपाली कांग्रस वडा नं. ६ मा वडाले सिफासिर नगरेको व्यक्तिलाई पहुँचको भरमा टिकट दिएको भन्दै कार्यकर्ताहरुमा तिब्र असन्तुष्टि देखिएको छ ।
नेता इजम जनमत भएका प्रभावशाली नेताको रुपमा परिचित छन् । पाटीले आफुलाई बेवास्था गर्दै आफु निकटलाई टिकट दिए पछि आफुले बैकल्पिक शक्तिको रुपमा नेकपा एस रोज्नु परेको बताए । आफुले नेकपा एसबाट वडाको अध्यक्षमा जिम्मेवार पाएकोले वडाबासीले साथ दिएर बिजय गराएमा यस वडालाई नगरको नमुना वडाको रुपमा बिकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
Comments