Sajhamanch Archive

अब बिर्तामोडका हरेक पेट्रोल पम्पमा शौचालय बनाइने

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरुले पम्प परिसरको अवस्था सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिर्तामोड नगरपालिकामा आज आइतबार बसेको नगर प्रमुखसहित पम्प सञ्चालकहरुको बैठकमा हालै नगरस्तरीय अनुगमन समितिले अनुगमन गरी दिएको प्रतिवेदनमाथि छलफल गर्दे त्यसअनुसार आफ्ना पेट्रोल पम्पहरुमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार पम्पमा रहेका शौचालय ७ दिन भित्रमा सरसफाई गरी सर्वसाधारणका लागि खुल्ला गर्ने, शौचालय नभएका पम्पहरुले ३ महिना भित्रमा निर्माण गरी यात्रुहरु समेतलाई प्रयोग गर्न दिने, पम्प सञ्चालन सम्बन्धी मापदण्ड अनुरुप सञ्चालन गर्ने र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आगलागीजस्ता घटनाबाट बच्न पम्प परिसरमा २४ घण्टा नै पर्याप्त पानीको ब्यवस्था गर्ने सहमति भएको छ ।

बैठकमा बिर्तामोडका ८ वटा पेट्रोल पम्पका सञ्चालक एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *