Sajhamanch Archive

को हुन्, शिवसताक्षीमा उपमेयर पदकी उम्मेद्वार कार्की ?

Published: in राजनीति, विविधा by .

शिवसताक्षी । स्थानीय तहको निर्वाचनका लागि झापाको शिवसताक्षीको उपमेयर पदका लागि शिवसताक्षी ७ निवासी नरमाया कार्कीको उम्मेद्वारी परेको छ । नेकपा एमालेको तर्फबाट उनले सोमबार आफ्नो उम्मेद्वारी दर्ता गराएकी हुन् ।

उनी नेपाल कम्युनिष्ट पार्टी एमालेमा लामो समय राजनीतिक जीवन गरेकी व्यक्ति हुन् । कम्युनिष्ट परिवारमा जन्म लिएर बाल्यकालदेखि नै राजनीतिक पृष्ठभूूमिमा हुर्कने क्रममा १३ वर्षका उमेरमा नै उनी राजनीतिमा होमिएकी थिइन् ।

शिवसताक्षी नगरपालिका साविकको सतासीधाम गाविस वडा नं. ५ बुबा सागर र आमा वेदमाया चापागाईंकी सुपुत्रीको रुपमा वि.सं. २०२२ साल असोजमा जन्म लिएकी कार्की सानै देखि कम्युनिष्ट विचारधारामा अडिक भएर हुँकदै गर्दा २०३५ सालमा कम्युनिष्ट पार्टीमा औपचारिक रुपमा आबद्ध भएकी थिइन् ।

भूमिगत अवस्था महिलाको इलाका कमिटी सदस्य, पार्टीको ए.जी सचिव हुँदै पि.ए.जी सदस्य पदमा रहेकी थिइन् । उनी अनेमसंघ जिल्ला कमिटी सदस्य रहेका बेला भूमिगत अवस्थामा मै वि.सं. २०४१ सालमा साविक शिवगञ्ज ४ निवासी तत्कालिन अवस्थाका पार्टीका इलाका कमिटी सचिव कमल कार्कीसँग विवाह बन्धनमा बाधिएकी थिइन् । एस.एल.सी सम्मको अध्ययन गरी पार्टीको गाउँ कमिटी, इलाका कमिटी र हाल जिल्ला कमिटी सचिवलाय सदस्य पदमा रहेकी उनी राजनीतिक साथ साथै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय उनी महिलाको रुपमा निचिन्छिन् । स्वास्थ्य स्वयसेविका, साना किसानको सदस्य, नेपाल विउ बैकको राष्ट्रिय उपाध्यक्ष र २०७४ सालको स्थानीयतह निर्वाचनमा पनि उपमेयर पदकी आकांक्षी रहेकी थिइन् ।

उनका हाल २ छोरा, २ बुहारी, २ नाति नातिना रहेका छन् । पार्टीले उनको अनुभव र लामो समय राजीतिक लगायत समाज सेवा समर्पित भएर काम गरेको मूल्याङ्कन गरेर आफुलाई उपमेयर पदमा सिफारिस गरेको स्वयम उनी बताउँछन् । विशेष गरेर महिलाहरुको समस्याहरुलाई नजिकबाट नियाएलकी उनी नगरपालिकाको नेतृत्वको लागि आम महिलाहरुको प्रतिनित्व गर्दै उमेयर पदमा उम्मेद्वारी दिएकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *