Sajhamanch Archive

के गर्दैछन्, नेकपा एमाले शिवसताक्षीका उम्मेद्वारहरु

Published: in विविधा by .

शिवसताक्षी । नेकपा एमाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार प्रसारका कार्यक्रममहरु नगरका सबै वडाहरुमा सुरु भएको छ ।

नेकपा एमाले मेयर पदका उम्मेद्वर मेघहाङ्ग थोप्रा (रोषन) र उपमेयर पदका उम्मेद्वार नरमाया कार्की सहितको टोलीले नगरको वडा नं. १ मा घर दैलो कार्यक्रम गरेको छ । वडा नं. १ एमाले कार्यकर्ताहरुको उल्लेखिय सहभागीता रहेको बताइएको छ । त्यस्तै वडा नं. ५ को पनि घरदैलो कार्यक्रम गरिएको वडाध्यक्ष पदका उम्मेद्वार सिकिन पाशवानले जानकारी दिए । साविकको पाँचगाछी गाविसको वडा नं. २, ५ , ८ र ९ नंम्बर वडामा घरदैलो कार्यक्रम गरिएको छ ।

 

वडा नं. ८ पनि चुनाव प्रचार प्रसार तथा घर दैलो कार्यक्रम गरिएको छ। वडा नं. ८ को डुडाँमारीमा घरदैलो कार्यक्रम गरिएको छ । डुडाँमारीमा घरदैलोको क्रममा उत्साहजनक सहभागीता रहेको थियो । वडा नं. ८ का वडाध्यक्ष पदका उम्मेद्वार तेजप्रसाद बुढाथोकी (कुमार) लगायत वडा सदस्यहरुले आफु निर्वाचत मत दिई विजयी गराउन अनुरोध समेत गरेका थिए ।

त्यस्तै नगरको वडा नं. ९ को चिल्लागढ क्षेत्रमा वडाध्यक्ष पदका उम्मेद्वार छविलाल पाठक र अन्य सदस्यहरु सहितको टोलीले घर दैलो कार्यक्रम गरेको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित वडाध्यक्ष पाठक आफुले वडाबासीका लागि गरेको कामको मुल्याङ्न गर्दै अब आउने निर्वाचनमा पनि मत दिई काम गर्ने मौका दिन उनले वडाबासीमा अनरोध गरेका छन् । नगरका सबै वडाहरुमा नेकपा एमालेले घर दैलो कार्यक्रमलाई तिब्रता दिएको छ।

नगरको वडा नं. ११मा वडाध्यक्ष पदका उम्मेद्वार बहादुर आङ्गबो सहितको टोली दूधे बजारमा घर दैलो कार्यक्रम गरेको छ । दूधेमा भएको घर दैलोमा उत्साहजन सहभागीता रहेको थियो । आङ्गबो २०७४ सालको निर्वाचनमा निर्वाचित वडा सदस्य हुन् । आफुले पाँच वर्ष गरेको कामको मुल्यांकन गर्दैै आसन्न स्थानीयतहको निर्वाचनमा मत दिई फेरी वडा बासीका लागि काम गर्ने मौका दिन मतदाता समक्ष उनले अनुरोध गरेका छन् ।नेकपा एमालेले नगरका ११ वटै वडाहरुमा चुनाव प्रचार प्रसारलाई तिब्रता दिदै सबै जनवर्गीय संगठनहरुलाई परिचालन गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *