Sajhamanch Archive

एनएमसीको ३२औँ कार्यालय झापा बजारमा

Published: in सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३२औँ कार्यालय झापा बजारमा सुरु गरेको छ ।

झापा गाउँपालिका वडा नं. २, झापाबजारमा स्थापित सम्पर्क कार्यालयको समुद्घाटन झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आइतबार गरिदिएका हुन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका अध्यक्ष साहले विगतमा गाउँमा साहुमहाजनको चर्काे ब्याजमा ऋण लिएर किसानहरु मारमा परेको स्मरण गर्दै अब एनएमसीको पहुँचले सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध हुँदा यहाँका बासिन्दाको जीवनस्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।

गणतन्त्र र संघीयताको स्थापनासँगै पुरातन सामन्ती सोचको पनि अन्त्य हुँदै गएको र यस दिशामा एनएमसीजस्ता सहकारीको योगदान महत्त्वपूर्ण हुने उनको तर्क थियो ।

एनएमसी शरणामती कार्यालयगत समितिका संयोजक धनपति रिजालको अध्यक्षतामा सम्पन्न सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, सञ्चालक समिति सदस्य खेमनाथ मिश्रले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष नेत्रबहादुर खड्का, डिल्लीराज माविका प्रधानाध्यापक भगदीप राजवंशी, इलाका प्रहरी कार्यालयका असई भक्तबहादुर लिम्बू, सशस्त्र प्रहरी बलका एनीकुमार तामाङलगायतले सहकारीका बारेमा र एमएमसीको सेवाका बारेमा बोलेका थिए ।

सो कार्यक्रममा सहभागी अतिथि, शेयर सदस्यहरु एवम् आमन्त्रितहरुलाई एनएमसी शरणामती कार्यालयका प्रमुख रविन्द्र पाण्डेले शब्दद्वारा स्वागत गरेका थिए ।

झापा बजार सम्पर्क कार्यालयका प्रमुख अशोक पाठकले सो अवसरमा संस्थाको वित्तीय झलक प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *