Sajhamanch Archive

अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् ।

नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना खेलाडी राति नै होस्टेल छोडेर गएका थिए । त्यसपछि खेलाडीहरू बन्द प्रशिक्षणमा नआउँदा प्रशिक्षक अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।

अल्मुताइरीले एन्फालाई मंगलबार १४ जना नयाँ खेलाडीको नाम दिएको र एन्फाले त्यसलाई स्वीकृत गरेको एन्फाका सहसचिव इन्द्रमान तुलाधरले बताए । तर, एन्फाले १४ जना नयाँ खेलाडीको नाम खुलाएको छैन । यता एन्फाले कतै जानकारी पनि गरेको थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *