Sajhamanch Archive

वडाको समग्र विकासका लागि मेरो उम्मेद्वारीः दुर्गा नेम्वाङ्ग

Published: in राजनीति by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ नेकपा माओवादी केन्द्रले गठबन्धन तोड्दै आफ्नो उम्मेद्वारी दिएको छ । वडा नं. १ मा सबै राजनीतिक दलहरुले आफ्नो पक्षबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदमा दुर्गा नेम्वाङ्गले उम्मेद्वारी दिएका हुन् । नेम्वाङ्ग प्रदेश सांसद झलकसिं दर्लामीका स्वकीय सचिव हुन् । उनले क्रियाशिल राजनीति गरेको करिब ७ वर्ष भएको छ ।

वडाको समग्र विकासको लागि आफुले उम्मेद्वारी दिएको बताएका छन् । २०७४ सालमा स्थानीयतहको निर्वाचन उनी पराजित बनेका थिए । उनी पराजित बनेपनि वडाका आधारभूत आवश्यकताका लागि लोकप्रिय काम गरेको वडाबासी बताउँछन् । वडाका ठुलादेखि स–साना कामहरु पनि समुदायिसँग सहकार्य गरी समाज सेवामा तल्लिन नेम्वाङ्ग आफुले वडाध्यक्ष पदमा उम्मेद्वारी दिनुमा वडाबासीकै चाहाना रहेको बताउँछन् ।

उनी भन्छन्ः निश्वार्थ भावाना बोकी समाज सेवामा लागिरहँदा जनप्रतिनिधको रुपमा आएर काम गर्न वडाबासीको माग भएर नै उमेद्वारी दिएको हुँ । नेम्वाङ्ग राजनीतिकमा आउनु अघि चलचित्र क्षेत्रमा कार्यरत थिए । उनी भन्छन् ःराजनीति र चलचित्र क्षेत्रगत हिसाबले फरक भएता पनि उदेश्य एउटै हो । चलचित्र क्षेत्रको उदेश्य पनि परोक्ष रुपमा समाजमा रहेका कुरिती, कुसंस्कार र वेथितिलाई हटाएर समाजलाई सही मार्गमा डोर्याउँने नै हो ।

राजनीति क्षेत्रले पनि समाजलाई सही मार्गमा डोर्याउँने नै भएकाले काम एउटै भएकाले पनि म राजनीतिमा केही गर्ने सोच बोकेर सक्रिय रुपमा यस क्षेत्रमा लागेको उनको भनाई छ ।

आफु निर्वाचित भए पाँच वर्षमा गर्न सकिने, जनतासँग प्रत्यक्ष जोडिने आवश्यकत्ताहरु सम्बोधन गर्ने किसिमका ठूला योजनाहरु तयार गर्ने बताए । जनताका दैनिक जीवनका आईपर्ने साना–तिना समस्या अथवा स्थानिय सरकारले दिने सेवाहरु अत्यन्तै सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन आफ्नो भूमिका रहने उनको भनाई छ ।

मैले अघिल्लो कार्यकालमा पनि वडाध्यक्षमा उठेर हारेता पनि यसै क्षेत्रमा रहेर विकास निर्माणका कार्य सम्पन्न गरेको छु । उनले भने, २० करोडको खाने पानी योजना, ५ करोडमा कमल खोलामा झोलुङ्गगे पुल लगायत विभिन्न सामुदायिक भवनहरु निमार्ण कार्यका योजनाहरु पूरा गरेको छु । यस पटक हरेक युवाका लागि रोजगारी सिर्जना गर्ने उदेश्य छ । उनले वडाबासीमा साक्षर युवा, निराक्षर युवा एकल महिला सबैका लागि रोजगार सिर्जना गर्ने योजना मसँग भएकाले त्यो सपना साकार पार्नको लागि भोट दिएर जिताउँन अनुरोध गरेका छन् ।

शिवसाक्षी नगरपालिका वडा नं. १ मा वडाध्यक्ष पदमा नेकपा एमालेबाट लक्ष्मी चेम्जोङ्ग, नेपाली कांग्रेसबाट रमेश राई, राप्रपाबाट टिकाराम घिमिरे रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *