कमल गाउँपालिकामा तेस्रो बालमैत्री वडा घोषणा
Published:
by .कमल । झापाको कमल गाउँपालिकाको २ नम्वर वडालाई तेस्रो वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर २ ले सबै सुचक पुरा गरेपछि बुधावार एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडालाई पालिकाको तेस्रो बालमैत्री वडा घोषणा गरेकी हुन्।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने क्रममा २ नम्वर वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडामा अबदेखी कुनै पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बन्चित हुने छैनन् र सबै बालबालिकाले शतप्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर पाउनुनेमा आफु विश्वस्त रहेको अध्यक्ष काफ्लेले बताइन् ।
गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नका लागी २ नम्वर वडाले गरेको अभियानको प्रसंशा गर्दै आगामी दिनमा गाउँपालिका द्वारा सन्चालन गरिने अरु कार्यक्रममा समेत वडा भुमिका महत्वपुर्ण हुने प्रमुख प्रशासकिय अधिकृत कानिमान राईले बताए ।
बालमैत्री वडा घोषण अभियानमा सहयोग पुर्याउने सहजकर्ता सुमन ढकाल , टोल विकास सस्था,बाल क्लव तथा विद्यालयलाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष ताराप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सहभागीलाई महिला सदस्य देवका देबी थापा न्यौपानेले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए भने वडा सचिव देबी प्रसाद फुयालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Comments