Sajhamanch Archive

आदर्श युवा क्लब बिर्तामोडले गर्यो सचेतना कार्यक्रम

Published: in समाज by .

बिर्तामोड । आदर्श नवयुवा क्लव र कालीमाता मन्दिर बिर्तामोड ९ ले कृषकहरुको भूमिका तथा समुदायको सुरक्षाका लागि प्रहरीको आवश्यकताका विषयमा शनिबार अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तरक्रियामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले वर्तमान समयमा सबै परिवारले विषादी मिसिएको खाद्यबस्तुहरु सेवन गरिरहेकाले क्यासरजस्तो जटिल रोग लाग्न थालेको बताए ।

यस्तो घातक रोगबाट बच्नका लागि हरेक व्यक्तिले अन्य कामहरुको जस्तै आ–आफ्ना घरबारी, करेसा, कौशी आदिमा कम्तीमा एउटा–एउटा फलफूलको विरुवा रोप्न सबैलाई आग्रह गरे ।
सहकारी अभियन्ता उप्रेतीले सहकारिता नेपालको सन्दर्भमा महत्वपूर्ण भएकाले सामाजिक रुपान्तरणमा यसको महत्वपूर्ण योगदान रहेको पनि सुझाए ।

सो अवसरमा इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बिषादी रहित आफैंले उत्पादन गरेका खाद्य बस्तुहरु उपयोग गर्न तथा चाडपर्व नजिकिँदै गएकाले चोरी गर्ने, ठगी गर्ने र प्रविधिको दुरुपयोग गर्ने प्रवृत्ति फस्टाउने भएकाले सजग रहन सल्लाह दिए ।

त्यस्ता व्यक्तिका बारेमा प्रहरीले थोरैमात्र संकेत पाएमा नियन्त्रणमा लिएर दोषी देखिए काराबाही गर्ने बताए । सामाजिक सञ्जालमा बढ्दो साइबर अपराधले समाज कुदिशातर्फ गएकाले आफ्नो सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले सञ्चालन गर्न डिएसपी कोइरालाले सबैलाई आग्रह गरे ।

संस्थाका संयोजक भुपाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा सामाजिक सञ्जालका बारेमा छलफल गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *