Sajhamanch Archive

शिवसताक्षीमा ११ जनाको उम्मेद्वारी फिर्ता, १ स्वतन्त्रसहित नगरप्रमुखमा ९ र उपप्रमुखमा ६ जनाको प्रतिश्पर्धा

Published: in मुख्य समाचार, राजनीति, विविधा by .

शिवसताक्षी । झापा शिवसताक्षीका ११ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् । बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि शिवसतक्षीका उम्मेद्वारहरुले आफ्ने उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

शिवतसाक्षीमा नेकपा एकीकृत समाजबादीका नगरप्रमुख पदका उम्मेद्वार कोपिला न्यौपानेले आफ्नो उम्मेद्वारी फिर्ता गरेकी छिन् ।
शिवसताक्षीको वडा नं. १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महिला सदस्य मनमाया नेम्वाङ्ग, वडाध्यक्ष दिलबहादुर लिम्बु, नेपाली कांग्रेसका सदस्य पेमा स्याङबो तामाङ, कुमार शंकरले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् ।

त्यस्तै वडा नं. ४ बाट जनता समाज पार्टी वडाध्यक्षका उम्मेद्वार गोपाल प्रसाद ताजपुरिया, महिला सदस्य मिलनसरी ताजपुरिया र नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार नरबहादुर लिम्बुले पनि आफ्नो उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
वडा नं. ५ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सदस्यतर्फका उम्मेद्वार रोहन थेगिमले पनि उम्मेद्वारी फिर्ता गरेको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मेयर पदमा नेकपा एमालेबाट मेघाहाङ थोप्रा (रोशन), नेपाली कांग्रसबाट पर्शुराम ढुंगाना, राष्ट्रिय जनमुक्तिबाट देबीकुमार शेर्मा ,संघिय लिम्बुवान राष्ट्रिय मञ्चबाट प्रकाश लिङदेन, उन्नत लोकतान्त्रिक पाटीबाट डाक्टर रामकृष्ण ताजपुरिया, र जनता समाजबादीबाट पवन चाम्लिङले उम्मेद्धारी कायम रहेको अधिकृत पौडेलले बताए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीबाट मणीप्रसाद खड्का र मौलिक जरो किलोपाटीबाट उमाकान्त सिटौला, स्वतन्त्र योगनिधी अधिकारी, उमेद्धारी कायम रहेको छ ।

त्यस्तै उपमेयर, नेकपा एमालेबाट नरमाया कार्की , नेकपा माओबादी केन्द्रबाट महेन्द्र भट्टराई एकीकृत समाजबादीबाट नबिन इजम राष्ट्रिय जनमुक्तिबाट भिमकुमारी योङहाङ, उन्नत लोकतान्त्रिक पार्टीबाट, श्रृजना मैनाली राष्ट्रिय प्रजातन्त्रपाटीबाट बिष्णुमाया चम्लागाई (रोजी) को उमेद्धारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *