Sajhamanch Archive

समृद्ध नगरका लागि, मतदाताका विश्वासिलो उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले बैसाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि प्रचार प्रसारलाई तिब्रता दिएको छ । नेकपा एमालेले तर्फबाट मेयर पदका लागि युवा उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) चुनावी मैदानमा होमिएका छन् ।

उनले घरदैलो कार्यक्रममा गर्दै मतदाता बीच आफ्नो प्रतिबद्धता व्यक्त गर्दै शिवसताक्षी नगरपािलकालाई सर्वोकृष्ट नगर बनाउँनका लागि मतदाता विचमा सुझाव समेत माग गरेका छन् ।

उम्मेद्वार थोप्राले आर्थिक पारदर्शिता र बैज्ञानिक कर लागु गर्दै भ्रष्टचार अन्त्य गरिदै लैजाने बताएका छन् । उनले नगरपालिकाले अघि सारेका राम्राकामहरुको निरन्तरता दिंदै शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि नयाँ योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।
माध्यमिक तहसम्मको शिक्षालाई सर्वशुलभ बनाउँदै व्यवासयिक तथा प्राविधिक शिक्षालयहरु सञ्चालन गरी दक्ष जनशक्ति निर्माण गर्ने कार्य अघि बढाइने बताए ।

शिवसताक्षीमा पुल, कल्र्भड र धेरै बाटाहरु ग्राभेल भइसकेकाले अब नगरका सडकहरु प्राथमिकतामा राखेर कालोपत्रे गर्ने योजना समेत गरिने उनको भनाई थियो ।

व्यापारीहरुका लागि बन्दमुक्त बजार स्वच्छ दिगो प्रतिश्पर्धा व्यापार गर्ने वातावरण तयार गर्ने समेत उनले बताए । आफु निर्वाचित भएपछि फेरी नगरबासीका घर आँगनमा गई त्यहाँ समस्या र सुझाब संकलन गरी नगरपालिकाले योजना बनाउने लक्ष्य लिएको बताए ।
खानेपानी , विद्युली, शिक्षा, स्वास्थ्य जस्ता मानिसको जीवनका अतिआश्यकतालाई सम्बोधन गर्दै स्वच्छ र समृद्ध नगर बनाउन आफु जहिले लागी पर्ने उनको भनाई थियो ।

स्वास्थ्य बिमा सर्वशुलभ बनाउँदै विपन्न परिवारलाई दिदै आएको स्वास्थ्य बीमा सम्बन्धि सहयोगलाई निरन्तरता महिला तथा बृद्ध बद्धाका समस्याहरुलाई विशेष ध्यान दिई उनीहरुलार्य सहयोग गरिने उम्मेद्वार थोप्राले बताए ।

स्थानीयतहमा कुनै पनि काम गदै झन्जटिलो प्रकृयालाई निरुसाहित गर्ने नगरबासी सर्व सुलभ तरिकाले सेवा प्रदान गर्ने बातावरण बनाइने उनले बताए ।

नगरमा दमकल अभावका कारण धेरै जनधनको क्षति भएको स्मरण गर्दै आगलागीबाट हुने क्षतिलाई रोक्न नगरपालिकामा दमकलको व्यवस्था गरिने बताए । नगर पालिका भित्र कुनै कारण बस मानिसको मृत्यु भएमा निशुल्क रुपमा आर्यघाट सम्म पु¥याउने व्यवस्था मिलाइने समेत मतदाता समक्ष जानकारी गराए ।

आफ्नो चुनावी घरदैलोमा मतदाताहरुसँग आफ्नो कुरा राख्ने क्रममा थोप्राले भने, आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । घर दैलो कार्यक्रममा मतदाताहरुको उत्साहलाई कायम राख्दै आफु निर्वाचत भएपछि मतदातसँग गरिएको बाचा पुरा गर्ने उनको भनाई थियो ।
हाल मेयर पदका उम्मेद्वार थोप्रा र उप मेयर पदकी उम्मेद्वार नगरमाया कार्कीले शिवसताक्षीको १ देखि ४ नं. वडासम्म घर दैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *