Sajhamanch Archive

पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा

Published: (Updated: ) in विविधा, विविधा by .

विर्तामोड । प्रेस चौतारी नेपालका झापा सदस्य विनोद सापकोटा नेपाली कांग्रेसमा प्रवेश गरेको केही दिन नवित्दै प्रेस युनियन झापाका साधारण सदस्य तथा माई पश्चिमका पूर्व क्षेत्रिय सदस्य शान्तिराम बस्नेतले नेपाली कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा गरेका छन् ।

शनिबार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य साथै पार्टीका घटक संस्था नेपाल प्रेस युनियनसमेत परित्याग गरेको घोषणा गरेका हुन् । बस्नेतले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनेका छन् – नेपालको राजनीतिमा ‘लोकतन्त्र, प्रजातन्त्र, समाजवाद’ को नीतिलाई अंगाल्दै आएको मानिने नेपाली कांग्रेस घटक संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियन, झापा जिल्लाको साधारण सदस्य रही माई पश्चिमको पूर्व क्षेत्रीय सदस्य तथा शिवसताक्षी नगरपालिकामा रहेर प्रेस युनियनमा आवद्ध एकमात्र क्रियाशील पत्रकार म शान्तिराम बस्नेत आजका मितिदेखि प्रेस जगतलाई स्वच्छ, निष्पक्ष तथा मर्यादित बनाउनका निम्ति प्रेस युनियनबाट अलग रही स्वतन्त्र सञ्चारकर्मीका रुपमा आफू रहने यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु ।

त्यसका साथै वि.सं. २०५३ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध रही २०६० सालदेखि नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता, २०६८ सालमा पार्टीको क्रियाशील सदस्यता समेत प्राप्त गरिसकेको र हाल पार्टीभित्र चरम व्यक्तिगत स्वार्थमा लिप्त चैते प्रवृत्तिग्रस्त व्यक्तिहरु पार्टी तथा पार्टीको प्रेस जगतमा हावी भएकाले नेपाली कांग्रेसको राजनीतिक तथा सैद्धान्तिक पतन हुने महशुश गर्दै अब उप्रान्त अर्थात् यो प्रेस विज्ञप्ति प्रकाशित भएको मितिदेखि पार्टीको साधारण सदस्यमा समेत नरहने गरी नेपाली कांग्रेस परित्याग गरेको यस विज्ञप्तिमार्फत् सर्वसाधारण समक्ष जानकारी गराउन चाहन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *