Sajhamanch Archive

बिर्तामोड १ मा रहेको धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

Published: (Updated: ) in राजनीति, विविधा by .

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १मा रहेको धिमाल वस्ती स्थित अदुवा खोला किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताए ।

चुनावी प्रचार अभियानका क्रममा आयोजना गरीएको कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले छठ पुजाको बेला ठाउँ नपुगेर विरिङ्गसम्म पुग्नु पर्ने बाध्यात्मक परिस्थिति रहेकाले यस स्थललाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताइन् ।

यहाँ देविको मन्दिर समेत रहेको छ । उम्मेदवार प्रसाईले मन्दिरको छेउमा तटवन्धन कार्य अधुरा रहेकाले यसलाई पनि आगामी दिनमा पुरा गर्ने प्रतिवद्वता जनाएकी थिइन् । यस ठाउँको विकासको लागि पाथिभरा छठ पुजा समितिसंग छलफल गरेर व्यवस्थित गर्दैै अघि बढ्ने उम्मेदवार प्रसाईको भनाई छ ।

उम्मेदवार प्रसाईले सहिद नेत्र पार्क,विराटपोखरी लगायतका धार्मीक तथा पर्यटकिय स्तलहरुलाई विकास गर्दै लैजाने बताइन् । नेकपा एमाले विर्तामोड नगरकमिटिले केहि दिन अघि सार्वजनिक गरेको प्रतिवद्वता पत्रमा समेत विकासलाई पर्यटनसंग जोडेर आर्थिक उन्नती गर्ने जनाइएको छ । एमाले बिर्तामोड नगर कमिटिले आज आइतबार वडा नम्बर १का धिमाल वस्ती,सूर्यनगर,पञ्चकन्या,वरपीपल टोल लगायत ७ भन्दा बढी स्थानमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला,वडाध्यक्षका उम्मेदवार अग्नि पाण्डे,खुल्ला महिला सदस्य उम्मेदवार यमुना आचार्य,दलित महिला सदस्य उम्मेदवार कमला महरा,खुल्ला सदस्य उम्मेदवार टेक प्रसाद अधिकारी र योगचन्द्र आङ्गबोहाङ सहित नेता कार्यकर्ताहरुको टोली रहेको थियो ।

कोण सभालाई एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटी,संविधान सभा सदस्य मनकुमार गौतम,नगरप्रमुख ध्रुवकुमार शिवाकोटी लगायतले संम्वोधन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *