Sajhamanch Archive

को हुन्, वडाध्यक्ष पदका उम्मेद्वार बुढाथोकी ?

Published: in राजनीति by .

विर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजार निवासी मदन बुढाथोकी सामाजिक काम गर्न भनेपछि हुरुक्कै हुन्छन् ।
सानै उमेरदेखि समाजसेवामा रुचि भएका तिनै मदन वडा अध्यक्षको उम्मेद्वार बनेका छन् ।

उनी बिर्तामोड नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका हुन् ।
सहयोगि मन भएका बैदेशिक यात्रा तय गरेर धेरै अनुभव हांसिल गरेका उनी नयाँ पुस्ताले राजनीतिबाटै समाज रुपान्तरणमा योगदान दिन सक्नु पर्ने धारणा राख्छन् ।

प्राकृतिक विपत्तीबाट समस्यामा परेका , आर्थिक अभावका कारण उपचारबाट बञ्चित नागरिक सहित दिन दुःखी लगायतलाई सहयोग गर्न सदैव अग्रसर मदन यति बेला वडा ३ भित्र चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।

वडाबासी बुबा आमा , दाजु भाई, तथा दिदि बहिनीको आशिर्वाद थाप्दै एक पटक आफुलाई मतदान गरि बिजयी गराइदिन भन्दै भोट मागिरहेका छन् ।

वडाबासीको माया ममता , आशिर्वाद र हौसलाले आफुले अत्याधिक बहुमतले चुनावमा जित हासिल गर्ने उनी बताउँछन् ।

को हुन् मदन बुढाथोकी ?
पिता छत्रबहादुर र माता शान्ता न्यौपाने बुढाथोकीको कोखबाट जेठो सन्तानका रुपमा वि.स. २०४० भदौ २८ गते तत्कालिन अनारमनी गाविस वडा नम्बर ९ र हालको बिर्तामोड ३ मा जन्मिएका हुन् मदन बुढाथोकी ।
२०५६ सालमा विराट ज्याति अंग्रेजी माध्यमीक विद्यालयबाट एसएलसी र कन्काई क्यामपसबाट स्नातकतह सम्मको अध्ययन गरेका छन् मदनले ।
कन्काई क्यामपस पढ्दै गर्दा २०६० सालमा अनेरास्वियुको प्रारम्भिक कलेज कमिटि अध्यक्ष हुंदै राजनीतिमा होमिएका उनी पछि ६२÷६३ मा अनेरास्वियुको जिल्ला कमिटि सदस्य भए ।

पढाईको शिलशालामा करीब ७ बर्ष जापान बसेर फर्किएका मदन युवा संघ वडा नम्बर ३ को वडा कमिटि अध्यक्ष हुंदै बिर्तामोड नगर कमिटि अध्यक्ष समेत भए । एमालेको नगर कमिटि सदस्य रहेका मदन तत्कालिन एमाले र माओवादी एकिृत भएको बेला वडा नम्बर ३ को इन्चार्जको जिम्मेवारी पनि निर्वाह गरे ।

एमालेको नगर सचिवालय सदस्य, नगर कमिटि उपसचिव हुंदै राष्ट्रिय युवा परिषद झापा अध्यक्ष भइसकेका मदनसंग रानजीतिको प्रशस्त अनुभव छ ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको उपाध्यक्ष, मदन भण्डारी स्पोट्स एकेडेमीको जिल्ला सदस्य, ओएसिस एजुकेशन फाउण्डेशनका सञ्चालक समेत रहेका मदन कामको सम्मान र काममा इमानदारीता सदैव आवश्यक पर्ने बताउंछन् ।
रगतको अभाव टार्न आयोजना गरिएका कार्यक्रम तथा रगत नपाएर समस्यामा रहेका बिरामीलाई रगत दान गर्न अग्रसर मदनले अहिले सम्म २३ औं पटक सम्म रक्तदान गरेका छन् ।

विभिन्न सामाजिक आन्दोलन र सामाजिक मुद्दामा सडक र सभा समारोहमा सक्रिय सहभागिता र नेतृत्व गरेका उनले कोरोना माहामारीको बिषम परिस्थितिमा आफ्नो ब्यक्तिगत खर्चमा पनि धेरैलाई सहयोग गरेका छन् । युवा वगलाई राजनीतिमा जोड्ने उनको ठुलो अठोट छ ।
वडालाई सुशासन, जनमैत्री र जवाफदेही बनाउँदै वडाबासीको काम छिटो छरीतो गर्ने र भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य गर्ने दृढ संकल्प बोकेका बुढोथोकी वडामा लोकप्रिय मानिन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *