दमकमा गठबन्धनको प्रचार कार्यक्रम आक्रामक
Published:
by .दमक । निर्वाचन अधिक्रितको कार्यालयले उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरे संगै दमकमा गठबन्धनमा आबद्ध दलहरुले निर्वाचन प्रचारको कार्यलाई तिब्र रुपमा अघि बढाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टि र जनता समाजवादी पार्टि सहितको गठबन्धनका उम्मेद्वारहरु मतदाताको घर घरमै मत माग्न पुग्न थालेका छन् ।
आगामी बैशाख ३० गते हुने निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्न गठबन्धनको तर्पmबाट नगर प्रमुखका उम्मेद्वार राम थापा, उप प्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रसाईं सहितका उम्मेद्वारहरु मतदाता समक्ष भोट माग्न ब्यस्त बनेका हुन । १० वटा वडा रहेको दमकमा प्रमुख र उप प्रमुखको उम्मेद्वार एक पटक पुग्ने गरि कार्यक्रम तालिका बनाएर प्रचार प्रसार सुरु गरिएको गठबन्धनको प्रचार सम्योजक तिर्थराज बस्नेत शंकरले जानकारी दिए । सबै उम्मेद्वारहरु समाजमा भिजि सकेका र जनताको काम गर्दै आएका भएकाले प्रचारमा सजिलो भएको पनि उनले बताए ।
नयाँ उम्मेद्वार भएको भए चिनाउनै समय लाग्ने भए पनि गठबन्धका उम्मेद्वारहरु जनतामा स्थापितहरुनै भएकोले जनस्तरबाट धेरै राम्रो स्वागत पाएको प्रचार समिति सह सम्योजक दिपेश दाहालले जानकारी दिए । प्रमुख र उप प्रमुखका उम्मेद्वार सहित वडा नम्बर ७ मा र आज वडा नम्बर १ मा घर दैलो सम्पन्न गरिएको उहाँले जानकारी दिनु भयो । जनताको घर घरमा पुग्दा अत्यन्त उत्साहजनक प्रतिक्रिया पाएको र जनताले आफुहरु गठबन्धनका उम्मेद्वारलाई मत दिएर जिताउन आतुर रहेको बताउने गरेको प्रचार समिति सह सम्योजक दाहालले बताए ।
Comments