Sajhamanch Archive

विकासको सपना देख्नेले नै देश बनाउनेः अग्नी खरेल

Published: in राजनीति by .

लक्ष्मीपुर । नेकपा एमाले कनकाई नगर पनि कमिटीले चुनाव प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

यसैक्रममा आज कनकाई नगरपालिका वार्ड नम्बर ८ लक्ष्मीपुर चोकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलले केपी शर्मा ओली सपना देख्ने मान्छे हो देश बनाउने मान्छे हो , परिवार बनाउने, छोरीलाई मेयर बनाउने र सम्धीलाई मन्त्री बनाउने मान्छे होइन, देश बनाउने सपना देख्ने र देश बनाउने नेता भएको बताए ।

उनले पूर्व पश्चिम रेल मार्गको सम्झौता गर्ने व्यक्ति व्यक्ति केपी शर्मा ओली भएको र अहिले उत्तर दक्षिण जोडिने रेल निर्माणको लागि चीन सरकारसँग सम्झौता सम्पन्न भएर डिपिआर निर्माण भईरहेको बताउँदै देश निर्माणका योजना र दुरदर्शी नेता केपी शर्मा ओली भएको बताए । एमालेको काम कारणले जनताको मन जितेको र जनताले माया गरेको उनले बताए ।

जनताको माया र साथकै कारणले विगतमा कनकाई नगरपालिकामा समेत एमालेको तर्फबाट जनप्रतिनिधि बनेका नगर प्रमुख, उप प्रमुख लगायत अधिकांश जनप्रतिनिधिले निर्वाचन जितेको र वर्तमान नगर प्रमुखका उम्मेदवार राजेन्द्रकुमार पोखरेल यो नगरलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउन सफल व्यक्ति नगरपालिकाले नगर प्रमुखको रूपमा बताउँदै उहाँहरूको कामको मूल्यांकन गरेर पार्टीले फेरि एकपटक नगर प्रमुख र उप प्रमुखलाई दोहोर्याउने निर्णय गरेको बताए । यस पटक पनि जनताले उहाँहरूको कामलाई विस्वास गरेर एमालेलाई भोट दिएर जिताउनेमा आफूहरू विस्वस्त रहेको बताए ।

कार्यक्रम नेकपा तर्फबाट कनकाई नगरपालिकाका नगरप्रमुख उमेद्वार राजेन्द्रकुमार पोखरेलले आफूले नगराई समृद्ध बनाउन सुरू गरेका आयोजनाहरुलाई पुरा गर्दै जनताको माग र आवश्यकताका अनुरूप प्राथमिकताका आधारमा योजना बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

एमालेको तर्फबाट कनकाई वडा नम्बर ८ को वडाध्यक्षका उम्मेदवार प्रेम कटुवालले आफ्नो वडामा रहेका अधुरा बाटा, पुल कल्र्भट जस्ता निर्माणका कार्यलाई सम्पन्न गर्दै नयाँ योजना ल्याएर समग्र वडाको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
कनकाइ नगरपालिकामा एमालेको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको छ । वृद्ध, बिरामी, विपन्न लगायत सम्पूर्ण नगरवासीहरुले तपाईंहरू न‌ आउनुपर्छ भन्दै उम्मेदवारहरूलाई आशिर्वात दिईरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *