Sajhamanch Archive

एमालेका उम्मेद्वारलाई जनताले राखे समस्या, उम्मेद्वारद्वारा समाधान गर्ने प्रतिबद्धता

Published: in राजनीति by .

मेचीनगर । आसन्न बैशाख ३० गतेको स्थानीय तहको चुनावमा एक्लै मैदानमा उत्रेको नेकपा एमाले मेचीनगरका उम्मेद्वारलाई जनताले समस्यै समस्या राखेका छन् ।

चुनाव आउन ११ दिन मात्र बाँकी रहदा आफ्नो पक्षमा मत माग्न मतदाताको घर, बजार, पसल र बगानसम्म पुगेका एमालेका उम्मेदवारहरुलाई जनताले समस्यै समस्या पोखेका छन् ।

प्रतिकुल मौसमको पनि कुनै प्रवाह नगरी जनताको समस्या सुन्न र आफ्नो पाँच बर्षे प्रतिबद्धता बुझाउन एमाले मेचीनगरका उम्मेद्वारको टोली जनताको घरघरमा पुगीरहेको छन् ।

एमालेबाट मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपमेयर पदकी उम्मेद्वार मीना पोखरेल उप्रेती लगायतको टोली अहिले मेचीनगरको पन्ध्र वटै वडामा तालिका बनाएर चुनावी प्रसारप्रचार अभियानमा होमिएको छ ।

मेचीनगर १४, १५ र १० नम्बर वडामा घरदैलो कार्यक्रम सम्पन्न गरीसकेको एमालेले सोमबार वडा नम्बर १३ मा आफ्नो अभियान समापन गरेको छ ।

उम्मेद्वारहरुले मेचीनगर–१३ स्थित उत्तर गंगा, पुरानो आइतबारे, सुकुम्बासी टोल, बालुबाढी, सिग्देल चोक, विरान चोक र चारआली चोकमा आएर घरदैलो कार्यक्रम समापन गरिएको थियो । उम्मेद्वारहरु बाङ्गे पुल निवासी स्वार्गिय पविमाया विश्वकर्माको घरमा नै पुगेर समवेदना पत्र प्रदान गरेको थियो ।

एमालेको घरदैलो कार्यकममा मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती, मेचीनगर १३ का वडाध्यक्ष उम्मेद्वार कृष्णराज सिग्देल, वडा सदस्यहरू रविन्द्र न्यौपाने, ऋृषिराज राजबंशी, तुलसा काफ्ले बराल र रिता परियार रहेका छन् ।

घरदैलो कार्यकममा जनताले मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती, वडाध्यक्षका उम्मेद्वार सिग्देल, एमालेका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाई, वडा कमिटी अध्यक्ष भोजराज पराजुली लगायतलाई हात्ती, सर्पदंश उपचार केन्द्र, विद्यालयको जग्गाको विवाद, सुकुमबासी लगायतको समस्याका बारेमा अवगत गराएका थिए । उम्मेद्वारहरुले सो विषयहरुको समाधान गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।

घरदैलो अभियानको सहजकर्ताको रुपमा पर्शुराम राजबंशी र सञ्चालन प्रचार प्रसार समितिका सचिव बद्री भट्टराईले गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *