Sajhamanch Archive

महालक्ष्मी विकास बैंकद्वारा भद्रपुररोडबाट कारोबार शुरु

Published: in विविधा by .

बिर्तामोड । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले भद्रपुररोडबाट कारोबार शुरु गरेको छ ।

भद्रपुररोडमा रहेको साविक जनता वैंक रहेको भवनमा सुविधासम्पन्न महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयको स्थानान्तरण गरिएसंगै कारोबार शुरु गरिएको हो ।
यस अघि महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले बिर्तामोड मुक्तिचौकको पोखरेलमार्केटबाट कारोबार गर्दै आइरहेको थियो ।

महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वैंकका बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले स्वागत गरेका थिए ।

महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वैंकले विगत १३ वर्षदेखि बिर्तामोडमा वित्तिय कारोबार गरिरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कुमार भट्टराई, सप्तकोशी डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, एक्सेल डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत डा। इन्द्र कट्टेल, सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलगायतले पूर्वकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालय सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै यहाँका व्यापारी व्यवसायीको हितमा काम गर्न आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *