Sajhamanch Archive

बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन

Published: in विविधा by .

बलिउडका दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको सोमबार निधन भएको छ । ८७ वर्षीया कृष्णाराज कपूर लामो समयदेखि स्वास्थ्य खराब भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको निधनको खबरले बलिउड अहिले शोकमा डुबेको छ । उनको सोमबार बिहान ५ बजे निधन भएको हो । अभिनेत्री रविना टण्डनले ट्वीटरमार्फत कपूरको निधनको खबर दिएकी थिइन् ।

Raveena Tandon

@TandonRaveena

.dolences to the entire Kapoor family. An era passes away, .God give you strength,and may the soul rest in peace. Om Shanti. @chintskap

छोरा रणधिर कपूरले आमा कृष्णाको ‘कार्डियक अरेस्टका कारण निधन भएको र आफूलगायत सम्पूर्ण परिवार शोकमा डुबेको बताएका छन् ।

अभिनेता राज कपूरले सन् १९४६ मा कृष्णाराज कपूरका साथ विवाह गरेका थिए । उनका तीन छोरा ऋषि कपूर, रणधिर कपूर र राजिव कपूर छन् त्यस्तै २ छोरी रितु नन्दा र रीमा कपूर छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *