Sajhamanch Archive

युरोपेली संघले रुसबाट तेल आयात बन्द गर्ने, अन्य प्रतिबन्ध पनि लगाउने तयारीमा

Published: in विश्व समाचार by .

काठमाडौं । युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्नेछ । यसअन्तर्गत यस वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिनेछ । यसका साथै रुसको सबैभन्दा ठूलो बैंक सबर बैंकको पनि स्विफ्ट फाइनेन्सियल सिस्टम हटाउने निर्णय गरिएको छ ।

यी प्रतिबन्धहरूको सन्दर्भमा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघले आगामी ६ महिनामा रूसबाट कच्चा तेल आयात गर्न बन्द गर्ने बताएकी छिन् ।यसपछि सन् २०२२ सम्ममा परिष्कृत उत्पादनको आयात पनि पूर्णरुपमा बन्द हुनेछ ।

रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय युरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ । युरोपेली संघका अनुसार सबरबैंकबाहेक, रूसको क्रेडिट बैंक अफ मस्कोको रूसी कृषि बैंकको पनि स्विफ्ट प्रणालीबाट हटाइनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *