Sajhamanch Archive

शिवसताक्षीमा एमालेको जीत पक्का, गठबन्धनले छेक्न नसक्ने

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले बृहत र्याली सहित घरदैलो कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेबजारबाट सुरु भएको र्याली वडा नं. ९ को विभिन्न स्थानहरुमा कोणसभा गरी दूधेमा आएर कोणसभा सहित समापन गरिएको थियो ।

कोण सभामा बोल्दै नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)ले एमालेमा चुनावी आँधी आइसकेकाले अव कुनै शक्तिले पनि रोक्न नसक्ने बताए । विगतमा नेकपा एमालेका जनप्रतिनिधी गरेको राम्रा र लोकप्रिय कामको प्रशंसा गर्र्दै उनले अब नगर समृद्ध बनाउन थप नयाँ योजनाहरु साथ अघि बढ्ने बाचा गरे । आफु युवा भएकाले पनि युवाहरु लक्षित कार्यक्रमहरुलाई पनि नगरका कार्ययोजनामा समेटिने उनको भनाई थियो । आफुलाई जिताएर पठाए कुनै काममाहरुमा पनि विवाद नआउने गरी काम गरेर एउटा सभ्य समाज निर्माण गरी समृद्ध नगर बनाएरै छाड्ने उम्मेद्वार थोप्राको भनाई थियो ।

उनले नेकपा एमालेले चुनाव जित्नको लागि कुनै दलसँग साँठ गाँठ गरेको हल्लाको प्रशंग कोट्याउँदै उनले भने, नेकपा एमाले एक्लै गठबन्धनसँग लडेर एमालेका सबै उम्मेद्वारहरुलाई जिताएर देखाउने बताए । विपक्षी गठबन्धनको हल्लामा नलाग्न समेत मतदताहरुलाई उनले आग्रह गरेको थिए । पाँच वर्षमा शिवसताक्षीका जनप्रतिनिधिले सिन्को पनि नभाचेको भन्ने शिर्षकमा आएको समाचारको खन्डन गर्दै उनले शिवसताक्षीमा निर्माण गरिएको रिङ्गरोड, धार्मिक पर्यटकीय क्षेत्र, भौतिक निर्माण, पुल, कल्भड, कालोपत्रे लगायतका योजनाहरु हेरेर मात्र टिप्पणी गर्न विपक्षी गठबन्धलाई सुझाए ।

पाँच वर्ष अघि शिवसताक्षी नगरको विकास कुन अवस्थामा थियो । अहिले कुन अवस्थामा पुगेको सम्पूर्ण मतदाताहरुलाई राम्ररी थाहा छ । उनले भने, कही कसैले कुनै पनि भ्रम फैलाएर मतदाताहरुलाई प्रभावमा पार्न नसक्ने उनको जिकिर थियो । एमालेको नेतृत्वले देश विकासका लागि बर्षौदेखि अल्झिएका गौरवशाली योजनाहरुका कामहरु भएका छन् । त्यसैले नगर विकासलाई एमालेले गरेको कामहरु पुरा गर्न पनि एक पटक फेरी भोट दिएर काम गर्ने मौका दिन उनले मतादताहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै उपमेयर पदकी उम्मेद्वार नरमाया कार्कीले महिलाको हक र अधिकारका लागि पनि भोट दिएर सहयोग गर्न आग्रह गरेकी छिन् । गठबन्धन गर्ने निउँमा महिलाले पाएको पदलाई पनि दाउमा राखी पुरुष उम्मेद्वार उठाएर गठबन्धनले महिलाहरुलाई अपमान गरेको उनले आरोप लगाइन् । महिलाहरुको विभिन्न समस्याहरु हुन्छन् । कतिपय समस्याहरु पुरुषहरुलाई भन्न समेत मिल्दैन । उनले भनिन् महिलाका हरेक समस्याहरु समाधन महिलाले नै गर्ने सक्ने भएकाले मतदाताहरुलाई आफुलाई भोट दिएर जिताउन आग्रह गरिन् । महिलाहरुको स्वास्थका समस्या, सुत्केरीका समस्या, महिला स्वरोजगारका समस्यालगायत सम्पूर्ण महिलासँग सम्बन्धित सबै समस्याहरुलाई सम्बोधन गरेर लैजाने उनको भनाइ थियो ।

शिवसताक्षीमा भएको आजको र्यालीमा एक हजार भन्दा बढीको कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वडाका विभिन्न स्थानहरुमा भएको कोण सभामा एमालेको चुनावी गीतमा सामुहिक नृत्य समेत गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *