Sajhamanch Archive

शिवसताक्षी वडा नं. ९ विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश

Published: in विविधा by .

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ को चुनावी कोण सभामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माननीय सांसद एलपी साँवा लिम्बु, मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की सहितको टिमले खाता ओढाएर स्वागत गरेका छन् । चुनावी कोणसभामा स्वतस्फूर्त रुपमा उनीहरु प्रवेश गरेको नेकपा एमाले शिवसताक्षीका उपसचिव भिम लिवाङ्गले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरुमा केवी काम्वाङ्ग,लक्ष्मीप्रसाद मावो, पुन साँवा, रेशीका मावो, प्रकाश माबो, दिलकुमार माबो, अमृत इङवा, प्रतिमा राई, जमुना शेर्पा, धनबहाुर लिवाङ्ग लगायत ५१ जनाले गौरवशाली पार्टी एमालेमा प्रवेश गरेको उपसचिव लिवाङ्गले बताए । उनले अझै एमाले पार्टीमा प्रवेश गर्न इच्छुकहरुको कुरा आइरहेकाले प्रवेश गर्नेको सख्या थपिने समेत जानकारी दिए । स्थानीय तहको चुनाव समय नजिकदै गर्दा एमालेमा प्रवेश गर्नेको सख्या हुत्तै ब

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *