जनताले गराए नेतालाई तमसुक
Published:
by .झापा । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् ।
तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् । घोषणापत्रमा एउटा र जितेपछि काम अर्कै भएपछि दैलेख भैरवी गाउँपालिकाका मतदाताले यसपटक भने उम्मेदवारलाई तमसुक नै गराए । विजयी बनेपछि बाचा पूरा नगरे राजीनामा गर्छ भन्नेमा औँठाछाप नै लगाएका छन् ।
Comments