चाडपर्वलाई मध्यनजर गर्दै पूर्वीनाकामा उच्च सतर्कता
Published: (Updated: )
by .मेचीनगर । नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय पशु सेवा विभागले चाडपर्वका नाममा गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले यसको नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अप्नाउन मातहतका सवै कार्यालयलाई निर्देशन दिएको छ ।
सोहि निर्देशन अनुसार नेपालीहरुको महान चाड बडादशैँ तथा दिपावलीलगायत अन्य पर्वहरुलाई लक्षित गर्दै पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले पूर्वीनाकामा उच्च सतर्कता अप्नाएको छ ।
मन्त्रालयले चाडपर्वका नाममा गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले यसको नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अप्नाउन निर्देशन दिए लगत्तै कार्यालयले स्थानीय सुरक्षा निकायको सहकार्यमा चेकजाँचमा कडाइ गरेको कार्यालय प्रमुख मुकेशकुमार सिहंले जानकारी दिए ।
चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकालगायत देशका मुख्य शहरहरुलाई लक्षित गरी मासुको लागि खसीबोका, राँगा पक्षी तथा पंक्षीजन्य पदार्थको आयातको चाप बढ्ने र धेरै रोगीहुने भएकाले त्यसरी भित्रिने वस्तुको क्वारेन्टाइन जाँचमा उच्च सतर्कता अप्नाएर उपभोक्ता माझ स्वास्थ्यकर मासुको प्रत्याभुत हुनेगरी सम्पूर्ण क्वारेन्टाइन चेकपोष्टहरुबाट उच्च सतर्कतासाथ क्वारेन्टाइन जाँचका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।
चाडपर्वमा अन्य दिनको तुलनामा मासु तथा मासुजन्य वस्तुको माग बढी हुने भएकाले पशु तथा पशुजन्य पदार्थको अवैध आयात हुने समभावनालाई मध्यनजर गरि यस्ता क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा एवम् अन्य सम्बन्धित निकायसँग समन्वय गरी काम शुरु गरेको कार्यालय प्रमुख सिहंले बताए ।
Comments