चुनावी प्रचारप्रसार गर्न आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
Published:
by .काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरू गरिन्छ।
शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ। आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवाला सबैमा आग्रह गरेको छ। मौन अवधिमा भोट माग्नेलगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ। सामाजिक सञ्जालबाट चुनावी प्रचार गरेको पाइए हटाइने पनि आयोगको भनाइ छ। यसका लागि निगरानी गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।
Comments