शिक्षा र स्वास्थ्य सेवा कर फेरि लगाउन सिफारिस
Published:
by .काठमाडौं । करिब चार वर्षअघि कार्यान्वयनमा चुनौती देखिएसँगै हटाइएको शिक्षा तथा स्वास्थ्य कर पुनः सुरू गर्न राजस्व परामर्श समितिले सरकारलाई सिफारिस गरेको छ।
चालु आर्थिक वर्षको बजेट निर्माणको तयारी चलिरहँदा समितिले केही समयअघि सरकारलाई यस सम्बन्धी प्रतिवेदन नै बुझाएको छ। समितिले यस्तो सिफारिस गरेको स्वीकारे पनि करको दर कति सिफारिस गरिएको भन्नेबारे खुलाउन चाहेन।
बजेटअघि यस्ता दरहरू गोप्य राखिन्छ। चार वर्षअघि खारेज हुनुभन्दा पहिले यी क्षेत्रमा ४ प्रतिशतको दरमा सेवा कर लगाइएको थियो।
Comments