Sajhamanch Archive

प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द

Published: in राजनीति, समाज, स्थानीय तह by .

विराटनगर । निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न भने दिइने छ । यस्तै ३० गते निर्वाचनको दिन भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ । ‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरी नाका ७२ घण्टा बन्द रहन्छ,’ प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीले भने, ‘अति आवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *