अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा एनएमसीद्वारा ज्येष्ठ सदस्यहरुलाई सम्मान
Published: (Updated: )
by .दूधे । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुदेश्यीय सहकारी संस्था लि. सेवाकेन्द्र दूधेले ज्येष्ठ सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।
सहकारीले सेवाकेन्द्र दूधेको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २३ जना ज्येष्ठहरुलाई सम्मान गरेको हो । उनीहरुलाई फुलको गुच्छासहित प्रति सदस्य २ हजारका दरले प्रदान गरिएको छ ।संस्थामा सदस्यता लिएको तीनवर्ष पुरा भई ७० वर्ष पुगेका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको प्रदान गरिएको छ ।
संस्थामा सदस्यता लिएको तीनवर्ष पुरा भई ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको सेवाकेन्द्र दूधेका संयोजक दुर्गाप्रसाद भट्टराईले जानकारी दिए । उनले संस्थामा ज्येष्ठ सदस्यका संख्या ८५ भएपनि संस्थाको नियमानुसार मापदण्ड नपुगेकाले २३ जनालाई मात्र सम्मान गरिएको बताए । आगामी वर्षहरुमा अन्य ज्येष्ठसदस्यहरुलाई पनि सम्मान गर्दै लैजाने सेवाकेन्द्र दूधेले जनाएको छ ।
कार्यक्रममा नेपाल बहुदेश्यीय सहकारी संस्थाका लेखा समिति सदस्य विकाश उप्रेतीले एनएमसी सहकारीले सदस्य बनाउने मात्र नभई यसले ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्दै उहाँहरुको संरक्षण पनि गर्ने बताए । उनले ज्येष्ठ सदस्यहरुको आर्शिवादबाट मात्र संस्था अघि बढ्ने भएकाले ज्येष्ठ सदस्यहरुलाई वर्षेनी सम्मान गर्दै आएको जानकारी दिए ।
ज्येष्ठ सदस्यका तर्फबाट बोल्दै पूर्व सांसद तारासम योङ्याले कतिपय सहकारीले सदस्यता बनाउने तर खोजी पनि नगर्ने भएकाले यस संस्थाले ज्येष्ठ नागरिकलाई सम्मान गरिदिएकोमा खुसी व्यक्त गरे । उनले आफ्ना बुबा आमालाई कतिपय स्थानमा बृद्धा आश्रमसम्म पु¥याएको भन्दै यस सहकारीले ज्येष्ठसदस्यहरुलाई मलमपट्टीको काम गरेको बताए ।
कार्यक्रममा कार्यालयगत समिति सदस्य गुरुप्रसाद पाठक, संगीता केरुङ, इकाई नं. ३ का संयोजक छविलाल दवाडीको उपस्थिति रहेको थियो ।
कार्यक्रम सेवाकेन्द्र दूधेका संयोजक दुर्गाप्रसाद भट्टराईको अध्यक्षमा भएको थियो । कार्यक्रमको स्वागत कार्यालयगत समिति सदस्य सीपी भट्टराईले गरेका थिए भने सञ्चालन सेवाकन्द्र दूधेकी प्रमुख सीता रिमालले गरेकी थिइन् ।
Comments