Sajhamanch Archive

निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

Published: in समाज, स्थानीय तह by .

काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ । स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ । अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *