Sajhamanch Archive

शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने

Published: in राजनीति, विविधा by .

शिवसताक्षी । शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको छ । स्थानीयतहको आज भएको निर्वाचनमा शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

शिवसताक्षी नगरपालिकामा ६६ वटा मतदान केन्द्र बाट मत पेटिका संकलन गर्ने काम भईरहेको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए

अधिकृत पौडेलका अनुसार अनुसार आजै मतगणना हुने छ । जिल्ला स्थित निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानिय तहका हरेक मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर पालिका स्थित निर्वाचन कार्यालयमा पुर्याएपछि मतगणना सुरु हुने छ ।

सवै वडामा भएका मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना सुरु हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *