Sajhamanch Archive

कमलमा मतगणना जारी गठबन्धनका हुकुम सिंग अगाडी

Published: in विविधा by .

कमल । कमल गाउँपालिकामा वडा नम्वर १ बाट स्थानिय तह सदस्यको मत गणना हुँदैछ । पछिल्लो पाप्त मत परिणाम अनुसार ७७७ मतगणना हुँदा गठबन्धनका हुकुमसिंह राईले (रुख) ५१७ मत प्राप्त गरेका छन् ।

एमालेका भिमप्रसाद राईले (सुर्य) २२९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी का विक्रम अधिकारीले (हलो) २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनका पर्शुराम सुवेदीले (हँसिया हथौडा)३०९ मत प्राप्त भएको छ । एमालेकी प्रमिला न्यौपाने तिवारीले (सुर्य) २३० मत प्राप्त गरेकी छिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी तारा अधिकारी बस्नेतले (हलो) ४४ मत प्राप्त गरेका छन ।

वडा अध्यक्षमा गठबन्धनका केदार कटुवालले (रुख) ४३३ मत प्राप्त भएको र्विाचन कार्यालयले जनाएको छ । त्यस्तै एमालेका श्याम कर्किले(सुर्य) २११ मत राष्ट्रिय प्रजातन्त्र पार्टी का फणिन्द्र भण्डारीले ४१ मत प्राप्त भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *