Sajhamanch Archive

बुधबारेमा सिम्रिकको सदस्य शिक्षा तालिम

Published: in सहकारी by .

बुद्धशान्ति । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारेमा एक दिने सहकारी सदस्य शिक्षा तालिम सम्पन्न गरेको छ ।

नेफ्स्कोनका सञ्चालक सदस्य तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख प्रशिक्षकत्वमा सहकारी सदस्य शिक्षा तालिम सम्पन्न भएको हो । तालिममा ७० जना शेयर सदस्यको सहभागिता रहेको थियो ।

शिक्षा तथा तालिम समितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईको अध्यक्षतामा आयोजित सदस्य शिक्षा तालिममा सहभागीहरुलाई शिक्षा समितिका सदस्य गणेस सुवेदीले स्वागत गरेका थिए । तालिम कार्यक्रमको संचालन तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

तालिममा संस्थाको आन्तरिक गतिविधि, वित्तीय विवरण, चालू वर्षका लागि साधारणसभाले पारित गरेका कार्यक्रमहरु एवम् संस्थाको भावी लक्ष्यका बारेमा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए ।

तालिमका मुख्य प्रशिक्षक घनश्याम अधिकारीले बचत किन गर्ने, कस्तो कार्यलाई बचत र कस्तोलाई निक्षेप मानिन्छ, सहकारीे अभियानको राष्ट्रिय अन्तर्राष्ट्रिय बस्तुस्थिति कस्तो छ आदि बारेमा प्रष्ट पारेका थिए ।

अक्टोबर १ तारिकको दिन तालिम आयोजना गरिएकाले सहभागी ५ ज्येष्ठ सदस्यहरु पुरुषलाई टोपी र महिलालाई दोसल्लाओडाएर मिठो खानेकुरा प्रदान गरी दिवसको सार्थकता पनि दर्शाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *