Sajhamanch Archive

काठमाडौमा महानगरमा १५ हजार मत गन्दा ५१२ मत बदर

Published: in स्थानीय तह by .

काठमाडौं । काठमाडौ महानगरपालिकाको १५ हजार ५५१ मत गणना गर्दा ५१२ मत बदर भएको छ । सोमबार दिउँसो १२ बजे आयोगले दिएको अपडेटअनुसार अहिलेसम्म महानगरको १,२,३,४ र ५ तथा ३१ र ३२ को मत गणना भैइरहेको छ । त्यसमध्ये १ र २ को गणना सकिएको छ ।

पछिल्लो नतिजाअनुसार महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार मत ल्याएर अग्रता कायमै राखेका छन् । साहले ६ हजार १६ मत ल्याउँदा एमालेका केशव स्थापितले ३१ सय ४१ र काँग्रेसका सिर्जना सिंहले २७८१ मत प्राप्त गरेकी छन् ।

यस्तै उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै गठबन्धनका रामेश्वर श्रेष्ठले १६९० मत मात्र पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *