मत गणनाका लागि शिवसताक्षीमा सर्वदलिय बैठक जारी, यस्तो छ हालसम्मको नतिजा
Published:
by .शिवसताक्षी । शिवतसाक्षीमा मत गणनाको लागि सर्वदलिय बैठक चलिरहेको छ । आइतबार बेलुका देखि स्थगित गरिएको मत गणना सुचारु गर्नका लागि निर्वाचन कार्यालय दूधेमा छलफल जारी रहेको हो ।
शिवसताक्षी नगरपालिका वडा नं. १ का नेकपा एमालेका प्यानलै विजयी घोषित भएको केही घण्टा पछि गठबन्धनका उम्मेद्वार तथा कार्यकर्ताहरुले मुचुल्कामा उठाइएको मत संख्या भन्दा गणनामा कम आएको भन्दै गणना प्रकृया स्थगित गराएका थिए ।
मत गणना सूचारु गर्न हिजो बसेको छलफल विना निष्र्कष टुंगिएपछि आज १२ बजेबाट मत गणना सञ्चालन गर्न पुन छलफल भइरहेको निर्वाचन कार्यलयले जनाएको छ । बैठक सहमति नजिक पुगेको र छिट्टै मतगणना सुरु हुने बताइएको छ ।
हालसम्म शिवसताक्षीमा ४,८४२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । जसमा नेकपा एमालेका मेयर पदका उम्मेद्वारलाई १८५८ मत, उपमेयर पदकी उम्मेद्वारलाई १६४२ मत प्राप्त भएको छ ।
त्यस्तै निकटतम प्रतिद्वन्दी गठबन्धन तर्फका नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वाराई १४१८ र माओवादी केन्द्रका उपमेयर पदका उम्मेद्वारलाई १३१५ मत प्राप्त भएको बताइएको छ । हाल शिवसताक्षीमा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।
Comments