Sajhamanch Archive

शिवसताक्षीमा गठबन्धनसँग फराकिलो अन्तर बनाउँदै नेकपा एमाले

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा मत गणना कार्य जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) ले २ हजार १ सय ७९ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् ।

उनका निकतम गठबन्धतर्फका मेयर पदका उम्मेद्वार पर्शुराम ढुंगानाले १ हजार ६ सय ३५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । त्यस्तै नेकपा एमालेका उपमेयर पदका उम्मेद्वार नरमाया कार्कीले १ हजार ९ सय ६ मत प्राप्त गरी पहिलो स्थानमा रहेकी छन् भने उनका निकटम प्रतिद्वन्दी गठबन्धन माओवादी तर्फका उम्मेद्वार महेन्द्र भट्टराईले १ हजार ४ सय ८६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

शिवसताक्षीको वडा नं. १ को मतगणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानलै विजयी भएको हो । हाल वडा नं. २, ३ र ४ को मत गणना जारी छ ।
हालसम्म शिवसताक्षीमा ५ हजार १ सय ८४ मत गणना भइसेको निर्वाचन कार्यलयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *