Sajhamanch Archive

निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन

Published: in राजनीति, समाज, स्थानीय तह by .

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र सुनसरी जिल्लाको हालसम्म नतिजा आउन नसकेको हो ।

कपिलवस्तुमा १० पालिका रहेको छ भने सुनसरीमा १२ पालिका रहेका छन् । जसमा दुई उपमहानगरपालिका समेत समावेश छ । हालसम्म देशभरका ४१० पालिकाको नतिजा आइसक्दा यी दुई जिल्लाका पालिकामा भने खाता खुल्न नसकेको हो ।

निर्वाचन आयोगले जेठ ५ गतेभित्र सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक गर्नेगरी योजना बनाएपनि गणनामा भएको सुस्तताले एक साता लम्बिने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *