Sajhamanch Archive

अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो

Published: in मिडियाबाट साभार, विविधा by .

झापा। अन्टार्कटिकमा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा अन्टार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त भएको हो ।

जुन समय हामीकहाँ गर्मी हुन्छ त्यस बेला अन्टार्कटिकामा ठण्डी सुरु हुन्छ । कन्कार्डिया रिसर्च स्टेसनको तापक्रम माइनस ८० डिग्री सेल्सियस सम्म झर्नेछ । वास्तवमा यी छ महिनाको ठण्डी यी वैज्ञानिकहरुका लागि कुनै उपहार भन्दा कम हुँदैन । त्यही मौसममा अन्टार्कटिकामा सबैभन्दा धेरै अनुसन्धान हुने गरेको छ । आगामी ६ महिनासम्म त्यहाँ विभिन्न खालका अनुसन्धान हुनेछन् ।

अबको ६ महिना न त कोही अन्टार्कटिकामा जानेछ, न त कोही अन्टार्कटिकाबाट बाहिर निस्किनेछ । अन्टार्कटिकाका लागि कुनैपनि उडान हुनेछैन । त्यहाँ थप कुनैपनि खानेकुरा जानेछैन । अहिले रहेको मौज्दात सामानकै भरमा १२ जना मानिसले आफ्नो जिवन बिताउनेछन् । अन्टार्कटिकामा ६ महिना अँध्यारो र ६ महिना उज्यालो हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *