गौरादहको मतगणना आजदेखि सुचारु
Published: (Updated: )
by .झापा । शुक्रबारदेखि रोकिएको झापा गौरादहको मतगणना आजदेखि सुचारु भएको छ । आज बिहानदेखि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बताए ।
गौरादह वडा नं ७ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा नेकपा एमालेका बलराम खरेल एक मतको अन्तरले विजयी भएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको माग गर्दै गणना अवरुद्ध पारेको थियो । मत परिणाम अनुसार एमालेका खरेलले १०२० र कांग्रेसका दिलनाथ कटुवालले १०१९ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयले घोषणा गरिसकेको मतलाई नै सदर मान्ने र वडा नं ८ बाट गणना शुरु गर्ने जिल्लास्तरीय दलहरुबीच सहमति भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।
Comments