इटहरीका एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजकमाथि कुटपिट
Published: (Updated: )
by .झापा । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट भएको छ। नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिएका उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टका छोरासहित ३ जनाले आइतवार बिहान आफूलाई कुटपिट गरेका सुवेदीले बताएका छन्।
आइतवार बिहान मतगणना सम्पन्न गरेर इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि वडा नंबर ६ मा कुटपिट भएको उनले बताएका छन्। उनको गालामा चोट लागेको छ। घटनाको विरोधमा एमालेले पुर्व–पश्चिमा राजमार्ग बन्द गरेर विरोध प्रदर्शन गरेको छ। ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्कासहितको प्रहरी टोली घटना स्थलमा छ।
Comments